हेटौंडाका तीन युवक पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले मंगलबार दिउँसो ३ बजेको समयमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० बसपार्क टिसियन रोडबाट लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
पक्राउ पर्नेहरुमा हेटौंडा–१२ पदमपोखरी बस्ने २३ वर्षीय रोशन लामा, २६ वर्षीय अनिल कुमार घलान र हेटौंडा–१३ बनस्पति बस्ने ३३ वर्षीय सुमन परियार रहेका छन् । उनीहरुलाई विशेष सूचनाको आधारमा पुगेको प्रहरी टोलीले लागूऔषध एनारगन ९ पत्ता (९०पिस ट्याब्लेट), ट्रमाडेक्स ३५ पत्ता (३५० पिस ट्याब्लेट), गाँजा अन्दाजी १५० ग्रामसहित पक्राउ गरेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
,
प्रहरीले उनीहरुले प्रयोग गरेको ना २८ प ७५२० नम्वरको स्कुटर, ना ४९ प ८७३९ नम्वरको मोटरसाइक पनि नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
