छठ पर्वमा रानीपोखरी नखुल्ने

काठमाडौँ । यस वर्ष छठ पर्वमा रानीपोखरी खुला नगरिने भएको छ । काठमाडौँ महानगरपालिकाले छठका लागि रानीपोखरी नखोल्ने निर्णय गरेको हो ।
रानीपोखरी तीन चरणमा बनिसकेपनि दुई चरणमा बनेको संरचना महानगरलाई पुर्ननिर्माण प्राधिकरणले हस्तान्तरण गरिसकेको छैन ।
छठ मनाउने क्रममा पोखरीभित्र छिर्नुपर्छ । पानी पाँच फिट भएको र पोखरीमा जाने क्रममा मानवीय जोखिम भएकाले यस वर्ष छठ पर्वमा रानीपोखरी नखोलिने भएको हो ।