कालिकोटमा भीरबाट लडेर एकको ज्यान गयो

कालिकोट । कालिकोटमा भीरबाट लडेर एक जनाको ज्यान गएको छ । भीरबाट लडेर तिलागुफा नगरपालिका–७ की अन्दाजी ५९ वर्षीया नयाँ दमाईको ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, महावै गाउँपालिका–५ राम्नीमा रहेको छोरीको घरबाट फर्किँदै गर्दा बित्तामोड भिरबाट लडेर उनको ज्यान गएको हो ।