देशभर चिसो बढ्यो
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशभर चिसो बढेको जनाएको छ । गत हप्तादेखि देशभर तापक्रम घट्दै गइरहेको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए ।
तापक्रम घटेका कारण चिसो महशुस भएको उनको भनाई छ । हाल पश्चिमबाट हावा चलेको र कहिलेकाही उत्तरपश्चिम भेग हिमालतिरबाट पनि हावा आउने हुँदा चिसो हुने गरेको उल्लेख गरिएको छ । तुलनात्मक रुपमा यो हप्ता यत्तिकै चिसोको अवस्थामा रहने उनले बताए । वरिष्ठ मौसमविद् पौडेलले तापक्रम निरन्तर नघट्ने स्पष्ट पारे ।
अक्टोबर र नोभेम्बर महिनामा यत्तिकै अवस्थामा अथवा एक÷दुई डिग्रीको तलमाथि मात्रै रहने उनले बताए । उनले आगामी एकहप्ता भने वर्षा हुने सम्भावना नरहेको उनले बताए । जाडो बढ्ने र घट्ने कुरा भने हावाको वहाव कताबाट आएको छ त्यसले निर्धारण गर्ने उनको भनाई छ ।
