हेटौंडामा बसको ठक्करबाट गोलेको मृत्यु
हेटौंडा । धरानचतरा सडकखण्ड अन्तगत पर्ने हेटौंडा १७ कठायत चोकस्थित खण्डमा यात्रुबाहक बसले पैदलयात्रुलाई ठक्कर दिँसा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोहि स्थानका ४२ वर्षीय सोम गोलेको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।
बसको ठक्करबाट घाइते भएको गोलेलाई उपचारको लागी हेटौंडा अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । गोलेलाई हेटौंडाबाट फापरबारीतर्फ जाँदै गरेको ना ४ ख ४०२२ नम्बरको बसले ठक्कर दिएको थियो ।
ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको प्रवक्ता कार्कीले बताए ।
