हेटौंडाका युवक प्रहरीको फन्दामा
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित सोमबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ कालापनी बस्ने २५ वर्षीय सुरज पाख्रिन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
पाख्रिनलाई लागूऔषध डाईजोपम ७ पिस, नोरफिन ७ पिस र फेनरगन ७ पिससहित पक्राउ गरेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । विशेष सूचनाको आधारमा पुगेको प्रहरी टोलीले पाख्रिनको घर खोजतलास गर्दा छुकाइछिपाइ राखेको सो परिमाणको लागूऔषध बरामद भएपछि निजलाई पक्राउ गरिएको हो । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।
