विष सेवनबाट मकवानपुरकी थिङको मृत्यु

तु खबर संवाददाता
२०७९ कार्तिक ७, सोमबार ०८:५५

मकवानपुर । मकवानपुरको बकैयामा विष सेवनबाट एक जनाको मृत्यु भएको छ । आइतबार जिल्लाको बकैया गाउँपालिका वडा नम्वर ३ दोभानचौर बस्ने ४६ वर्षीया निरमाया थिङको विष सेवनबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार, थिङले आफ्नै घरमा तरकारीमा छर्न ल्याएको एल्युमिनियम फस्फाइड सेल्फोस नामक विषादी सेवन गरेकी थिइन् ।

विष सेवनबाट गम्भीर बिरामी भएकी उनलाई प्राथमिक स्वास्थ्य केन्द्र छतिवनमा सामान्य उपचारको लागि हेटौंडा अस्पतालमा ल्याउनासाथ चिकित्सकले मृत घोषणा गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

उनले के कारणले विष सेवन गरेको भन्नेबारे हाल खुल्न नसकेको र घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ । उनको हाल हाल पोष्टमार्टमको लागि हेटौंडा अस्पतालको शवगृहमा राखिएको छ ।