मकवानपुर प्रहरीद्वारा अवैध काठ बरामद

तु खबर संवाददाता
२०७९ कार्तिक ७, सोमबार ०८:४६

मकवानपुर । मकवानपुर प्रहरीले जिल्लाको बकैया गाउँपालिका वडा नम्वर ७ चिसापानी खोल्सी कालापानी पादा अन्तरेडाँडास्थित राष्ट्रिय वनबाट बेबारिसे अवस्थामा राखिएको अवैध काठ बरामद गरेको छ ।

आइतबार विशेष सूचनाको आधारमा पुगेको प्रहरी टोलीले छुकाइछिपाई राखेको ७७ थान (४३.४१ क्युफिट) सालको चिरान काठ बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बरामत काठलाई आवश्यक अनुसन्धानको लागि अस्थाई बन कार्यलय बकैया हात्तिसुडेमा पत्र साथ बुझाएको अस्थाई प्रहरी पोष्ट धियाल मकवानपुरले जनाएको छ ।