आजदेखि सार्वजनिक विदा
काठमाडौं । आज यमपञ्चकको तेस्रो दिन लक्ष्मीपूजासँगै सार्वजनिक विदा सुरु भएको छ । अब सरकारी सेवा कात्तिक १४ गते मात्र सुरु हुनेछ । सरकारले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार, आज सोमबारबाट भाइटीकाको भोलिपल्ट अर्थात् ११ कात्तिकसम्म तिहार विदा छ ।
कात्तिक १३ मा छठ पर्वको विदा छ । सार्वजनिक सेवा कात्तिक १४ गतेबाट मात्रै संचालनमा आउनेछ । यस वर्षको भाइटीका कात्तिक १० मा रहेको छ । टीकाको साइँत बिहान ११ः३७ बजे रहेको छ ।
