बबई नदीमा बेपत्ता दुई किशोरीको शव फेला
दाङ । दाङमा बबई नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका दुई किशोरीको शव फेला परेको छ । शनिबार बबई नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका उनीहरुको शव आइतबार दिउँसो साढे ३ बजे प्रहरी र स्थानीय बासिन्दाको टोलीले फेला पारेका हुन् ।
उक्त शव दंगीशरण गाउँपालिका–२ का १४ वर्षीया रमा शाह र सल्यानको दमाचौरका १४ वर्षीया गोमा चन्द रहेको जनाएको छ । उनीहरुको शव करिब २७ घण्टापछि फेला पारेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
तुलसीपुर उपमहानगरपालिका–११ को मोतीपुर नजिकै शनिबार दिउँसो १ बजेतिर बबई नदीमा नुहाउन गएका तीन जनामध्ये दुई जना वेपत्ता भएका थिए ।
