पूर्वसांसद श्रेष्ठको निधन

तु खबर संवाददाता
२०७९ कार्तिक ६, आईतवार ०८:५६

चितवन । पूर्व सांसद एवम् समाजसेवी मैयादेवी श्रेष्ठको निधन भएको छ । श्रेष्ठको ९३ वर्षको उमेरमा निधन भएको हो । नेपाली कांग्रेसकी नेतासमेत रहेकी श्रेष्ठको गएराति १ः१० बजे उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको उनको धर्मछोरा टंकनाथ पौडेलले जानकारी दिए ।

श्रेष्ठको शवलाई आज बिहान ९:३० बजेदेखि १० बजेसम्म नेपाली कांग्रेस चितवनको पार्टी कार्यालयमा र १० बजेपछि केहीबेर उनले नै स्थापना गरेको मैयादेवी कलेज परिसरमा श्रद्धाञ्जलीका लागि राखिने पौडेलले बताए । त्यसपछि श्रेष्ठको शवलाई अन्त्येष्टिका लागि देवघाट लगिने उनले जानकारी दिए ।

दानवीरका रुपमा चिनिएकी मैयादेवी श्रेष्ठ मैयादेवी कन्या कलेज भरतपुरको संस्थापक संरक्षकसमेत हुन् । अविवाहित रहेकी श्रेष्ठले धर्मछोराहरु तथा विभिन्न सामाजिक तथा राजनीतिक क्षेत्रका संघसंस्थालाई आार्थिक तथा जग्गा दान गरेकी थिइन् ।