डेंगु संक्रमणबाट ५२ जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ कार्तिक ६, आईतवार ०७:५०

काठमाडौं । डेंगु संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । गत साउन महिनादेखि हालसम्म डेंगु संक्रमणबाट ५२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, हालसम्म देशभरका ४३ हजार ६ सय ८५ जनामा डेंगु संक्रमण पुष्टि भएका मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, मुलुकका ७७ वटै जिल्लामा डेंगु फैलिएको छ ।