हेटौंडामा भुकम्पको धक्का महसुस
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा आसपासको क्षेत्रमा भुकम्पको धक्का महसुस भएको छ । बुधबार दिउँसो ३ बजेर ८ मिनेटमा भुकम्पको धक्का महसुस गरिएको थियो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार, सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.४ म्याग्नेच्युटको भुकम्पको धक्का महसुज भएको हो । भूकम्पको धक्का काठमाडौं उपत्यका, धादिङ, गोरखा, काभ्रेमा पनि महसुस भएको जनाएको छ ।
