बागमती प्रदेशमा डेंगु संक्रमितको संख्या ३२४९४ हजार पुग्यो

तु खबर संवाददाता
२०७९ कार्तिक २, बुधबार ०९:३७
file-photo

मकवानपुर । बागमती प्रदेशमा डेंगु संक्रमितको संख्या झण्डै साढे ३२ हजार पुगेको छ । प्रदेशमा गत साउनदेखि मंगलबारसम्ममा ३२ हजार ४९४जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय बागमती प्रदेशले जनाएको छ ।

डेंगुबाट प्रभाबित बनेको प्रदेशका जिल्लाहरुमध्ये सबैभन्दा धेरै काठमाडौं रहेका छन् भन् भने सबैभन्दा थोरै रसुवा रहेका छन् । काठमाडौंमा १२ हजार ६५२ जना डेंगु संक्रमितका बिरामी फेला पदार्त रसुवामा भने ८ जनामात्रै डेंगु संक्रमणका बिरामी फेला परेका छन् ।

यसैगरी, ललितपुरमा ८ हजार ८७६, मकवानपुरमा ४ हजार ३२०, भक्तपुरमा ३ हजार २०, चितवनमा १ हजार ६७८, धादिङमा ८००, काभ्रेमा ४६८, रामेछापमा १६५, सिन्धुपाल्चोकमा १५९, नुवाकोटमा १४१, सिन्धुलीमा १२२ र दोलखामा ८० जनालाई डेंगु संक्रमण पुष्टि भएको जनाइएको छ ।

यस्तै, प्रदेशमा हालसम्म डेंगु संक्रमणका कारण मृत्यु हुनेको संख्या २१ जना पुगेका छन् । जसमा काठमाडौंका ७ जना, सिन्धुली र रामेछापका ३३ जना, ललितपुर, मकवानपुर र चितवनका २÷२ जना, भक्तपुर र धादिङका १÷१ जना रहेका छन् ।