अरिङ्गालले टोकेर आमा–छोरीको मृत्यु

तु खबर संवाददाता
२०७९ कार्तिक १, मंगलवार १७:३२

सल्यान । सल्यानमा अरिङ्गालले टोकेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सल्यानको सिद्ध कुमाख गाउँपालिका–१ की २१ बर्षीया शोभा बस्नेत बुढाथोकी र उनकी ४ वर्षीया छोरी प्राप्ति बुढाथोकी रहेको सल्यान प्रहरीले जानकारी जनाएको छ ।

प्रहरीका अनुसार, उनीहरु धान काट्न खेतमा गएका थिए । काटेर साँझ घर फर्किने क्रममा अरिङ्गालले टोक्दा गम्भीर बिरामी भएका थिए । श्रीनगरस्थित परोपकार हस्पिटलमा सामान्य उपचारपछि कोहलपुर लैजाँदै गर्दा छोरीको बाटोमा मृत्यु भएको थियो भने शोभाको मंगलबार बिहान कोहलपुर मेडिकल कलेजमा मृत्यू भएको हो ।

अरिङ्गालले टोकेर घाइते भएका २१ वर्षीया नवीन बस्नेतको भने उपचार भइरहेको छ ।