मकवानपुरमा थप ४२ जनामा डेंगु संक्रमण

तु खबर संवाददाता
२०७९ आश्विन ३१, सोमबार १७:५४
file-photo

मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा ४२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेहरुमा सबैभन्दा धेरै हेटौंडा उपनगरपालिकाका रहेका छन् । त्यहाँ ३२ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

यसैगरी, मनहरी गाउँपालिकाका ५ जना, अन्य जिल्लाका एक जना, कैलाश र भीमफेदी गाउँपालिकाका एक/एक जनालाई डेंगु संक्रमण पुष्टि भएको हो । यससँगै जिल्लामा डेंगु संक्रमितको कुल संख्या ४ हजार ३०५ जना पुगेको छ । जसमध्ये २ हजार ३९८ जना पुरुष र १ हजार ९०७ जना महिला रहेका छन् ।

जिल्लामा उक्त संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिकाका रहेका छन् ।