सातौँ राष्ट्रिय थारू साहित्य सम्मेलन बाँकेमा गर्ने निर्णय

तु खबर संवाददाता
२०७९ आश्विन ३१, सोमबार १०:२८

काठमाडौं । सातौँ राष्ट्रिय थारू साहित्य सम्मेलन बाँकेमा गर्ने निर्णय भएको छ । शनिबार थारू लेखक संघ नेपालको कार्यसमितिको बैठकले यो निर्णय गरेको हो ।

कोहलपुर, बाँकेस्थित कोहलपुर पार्टी प्यालेसमा सम्पन्न बैठकले लक्ष्मी चौधरी तथा श्रीदेवी चौधरीलाई कार्यक्रम तयारी समितिको संयोजक चयन गरेको छ ।

कार्यक्रमको सहकार्य जंग्रार साहित्यिक बखेरी तथा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको आयोजनामा भएको थियो । यसैगरी एकल कविता वाचनको श्रृंखलालाई आयोजकले निरन्तरता दिने बताएको छ । गत वर्ष छैठौँ राष्ट्रिय थारु साहित्य सम्मेलन भने कृष्णपुरको कञ्चनपुरमा भएको थियो ।