बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

तु खबर संवाददाता
२०७९ आश्विन ३१, सोमबार ०९:५६
file-photo

काठमाडौं । इण्डियन आयल कर्पोरेशन लिमिटेडले आइतबार पेट्रोलियम पदार्थको मूल्य बढाएर सूची पठाएको छ । डिजेल र हवाई इन्धनको मूल्यमा अत्यधिक बढेर आएको नेपाल आयल निगमले जनाएको छ । जसअनुसार, पेट्रोलमा रु १.७४ प्रति लिटर, डिजेलमा रु १५.६० प्रति लिटर र हवाई इन्धनमा रु. १०.२५ प्रति लिटरले बढेर आएको हो ।

यसले डिजेलमा रु. ६.३४ प्रति लिटर घाटा (रु. १८.५१ करोड घाटा) र एल.पी.ग्यासमा रु. ३२५.४४ प्रति सिलिण्डर घाटा (रु. ३७.६० करोड घाटा) भई पेट्रोल, हवाई इन्धन र मट्टितेलमा हुने केही नाफा समेतलाई गणना गर्दा समग्रमा निगमलाई आगामी १५ दिनमा करिब रु. ३९ करोड नाफा हुने निगमको प्रक्षेपण छ ।

निगमले हाललाई पेट्रोलियम पदार्थको सालिकको खुद्रा बिक्री मूल्य यथावत राखेको पनि जानकारी दिएको छ ।