बागमती प्रदेशमा डेंगु संक्रमितको संख्या ३१ हजार नाघ्यो

तु खबर संवाददाता
२०७९ आश्विन ३१, सोमबार ०९:३३
file-photo

मकवानपुर । बागमती प्रदेशमा डेंगु संक्रमितको संख्या ३१ हजार नाघेको छ । प्रदेशमा गत साउनदेखि आइतबारसम्ममा ३१ हजार २१७ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय बागमती प्रदेशले जनाएको छ ।

डेंगुबाट प्रभाबित बनेको प्रदेशका जिल्लाहरुमध्ये सबैभन्दा धेरै काठमाडौं रहेका छन् भन् भने सबैभन्दा थोरै रसुवा रहेका छन् । काठमाडौंमा १२ हजार २५२ जना डेंगु संक्रमितका बिरामी फेला पदार्त रसुवामा भने ७ जनामात्रै डेंगु संक्रमणका बिरामी फेला परेका छन् ।

यसैगरी, ललितपुरमा ८ हजार ७१४, मकवानपुरमा ४ हजार २६३, भक्तपुरमा २ हजार ७३०, चितवनमा १ हजार ४६०, धादिङमा ६८३, काभ्रेमा ४६८, रामेछापमा १५३, सिन्धुपाल्चोकमा १५१, नुवाकोटमा १३६, सिन्धुलीमा १२५ र दोलखामा ७५ जनालाई डेंगु संक्रमण पुष्टि भएको जनाइएको छ ।

यस्तै, प्रदेशमा हालसम्म डेंगु संक्रमणका कारण मृत्यु हुनेको संख्या २१ जना पुगेका छन् । जसमा काठमाडौंका ७ जना, सिन्धुली र रामेछापका ३/३ जना, ललितपुर, मकवानपुर र चितवनका २/२ जना, भक्तपुर र धादिङका १/१ जना रहेका छन् ।