अरिङ्गालको टोकाइबाट एकको मृत्यु

तु खबर संवाददाता
२०७९ आश्विन २९, शनिबार ०९:०३

खोटाङ । खोटाङमा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु भएको छ । अरिङगालको टोकाइबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडास्थित बानाचुङका २६ वर्षीय विनोद परियारको मृत्यु भएको प्रहरीले जनाउको छ ।

प्रहरीका अनुसार, शुक्रबार बाटो हिँडिरहेको अवस्थामा बाटो नजिकै रहेको गोलाबाट निस्केको अरिङ्गालले टोक्दा परियारको घटनास्थलमै मृत्यु भाएको हो । मृतक परियारसँगै हिँड्दै गरेका सोही ठाउँका २५ वर्षीया शर्मिला नेपाली र ७२ वर्षीय नैनसिं दर्जी घाइते भएका छन् ।

घाइते दुवै जनाको जिल्ला अस्पताल खोटाङमा उपचार भइरहेको र उनीहरुको स्वास्थ्य अवस्थामा सामान्य रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । मृतकको शव उनका आमा बदम परियारले अन्तिम दाहसंस्कारका लागि बुझिसकेका छन् ।