मकवानपुरका पत्रकारको निःशुल्क आँखा परीक्षण

तु खबर संवाददाता
२०७९ आश्विन २७, बिहीबार १७:४८
file-photo

मकवानपुर । नेपाल पत्रकार महासंघ मकवानपुरले बिहीबार हेटौंडामा निःशुल्क आँखा शिविर संचालन गरेको छ । महासंघले विश्व दृष्टि दिवसको अवसरमा जिल्लाका पत्रकारहरुलाई लक्षित गरी आँखा शिविरको आयोजना गरेको संघका अध्यक्ष मणिराज गौतमले जानकारी दिए ।

महासंघले हेटौंडा सामूदायिक आँखा अस्पतालको समन्वयमा बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म शिविर संचालन भएको हो । महासंघको सभाहलमा संचालन भएको उक्त शिविरमा ६६ जनाले सेवा लिएका थिए ।

शिविरमा नेत्र सहायक अफिसर रिना खड्की, नेत्र सहायक मिलन क्षेत्री र आई हेल्थ वर्कर अचला शर्माले परीक्षण गरेका थिए । कम्प्युटरमा अधिकांश बस्ने भएकाले पत्रकारहरुको आँखाको समस्या थाहा पाउन महासंघले शिविर संचालन गरेको अध्यक्ष गौतमको भनाई छ ।