मकवानपुरमा एकैदिन १६२ जना डेंगु संक्रमित थपिए
मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा १६२ जनामा डेंगु संक्रमितका बिरामी फेला परेका छन् । पुष्टि हुनेहरुमा सबैभन्दा धेरै हेटौंडा उपनगरपालिकाका रहेका छन् । त्यहाँ १४२ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
यसैगरी, मकवानपुरगढी गाउँपालिका ९ जना, मनहरी गाउँपालिकाका ८ जना, भीमफेदी गाउँपालिकाका २ जना र राक्सिराङ गाउँपालिकाका एक जनालाई डेंगु संक्रमण पुष्टि भएको हो ।
यससँगै जिल्लामा डेंगु संक्रमितको कुल संख्या ३ हजार ९२४ जना पुगेको छ । जसमध्ये २ हजार १९३ जना पुरुष र १ हजार ७३१ जना महिला रहेका छन् । जिल्लामा उक्त संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिकाका रहेका छन् ।
