मकवानपुरमा मिनी ट्रकमा आगलागी

तु खबर संवाददाता
२०७९ आश्विन २७, बिहीबार १५:४९

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा गएराति रोकिराखेको मिनि ट्रकमा आगलागी भएको छ । थाहा नगरपालिका वडा नम्वर २ गैरीगाउँको भित्री सडकमा बिग्रेर रोकेर राखेको बागमती प्रदेश–०१–००६ ख ३२८९ नम्वरको मिनि ट्रकमा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार, आगलागीबाट ट्रकको अगाडिको सम्पुर्ण भाग जलेर नष्ट भएको छ । हाल आगलागीको कारण खुल्न नसकेको र घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।