एकै परिवारका तीन जना मृत अवस्थामा फेला

तु खबर संवाददाता
२०७९ आश्विन २६, बुधबार १६:४८

वीरगञ्ज । बारामा एकै परिवारका तीन जना मृत अवस्थामा फेला परेका छन् । प्रसौनी गाउँपालिका–५ प्रष्टोका गाउँ भन्दा २ किलोमिटर उत्तरमा तीन जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

मृत फेला पर्नेहरुमा २५ वर्षीया सुजाता चौधरी, उनकी छोरी ३ वर्षीया ताहिरा चौधरी र १६ महिनाको राजवीर चौधरी रहेका छन् । ढोरा खोला किनार तीन जनाको शव फेला परेको जानकारी दिउँसो साढे २ बजेतिर आएपछि प्रहरी टोली घटना स्थलमा पुगेको र घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।