हेटौंडाका युवकसहित दुई जना प्रहरीको फन्दामा

तु खबर संवाददाता
२०७९ आश्विन २६, बुधबार १५:१२
सांकेतिक तस्बिर

मकवानपुर । मकवानपुर प्रहरीले मंगलबार राति ११ः ५० बजेको समयमा लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सर्लाहीको बरहथवा नगरपालिका वडा नम्वर १६ बस्ने २६ वर्षीय पप्पु कुमार कुशहवा र हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ चौकिटोल बस्ने १९ वर्षीय निकेश पुडासैनी रहेका छन् ।

उनीहरुलाई हेटौंडा–१ जरुवा टोलस्थित भित्री एरियाबाट लागूऔषध वनरेक्स १५८ बोलसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार, सर्लाहीबाट आएको बा. १८ च ६६०६ नम्वरको स्कारपियो गाडीसंगै प्रदेश ३–०२–००६ प ८०४१ नम्वरको स्कुटी रोकी बसेको अवस्थामा सामान झारेको देखेपछि प्रहरीको गस्ती टोलीले सोधपुछ गर्न खोज्दा स्कुटी चालक भागेका थिए ।

सो क्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट विशेष टोली खटी गई दुबै सवारी, स्कारपियो चालक पप्पु कुमार कुशहवा र सोही स्थानमा उभी बसिरहेको निकेश पुडासैनीलाई नियन्त्रनमा लिई गाडीबाट झारेको सामान चेकजाचँ गर्दा उक्त परिमाणको लागूऔषध बरामद भएपछि निजहरुलाई पक्राउ गरिएको हो ।

प्रहरीले पक्राउ परेका उनीहरुलाई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याएको र फरार स्कुटर चालकको खोजतलास भइरहेको जनाएको छ ।