बागमती प्रदेशमा डेंगु संक्रमितको संख्या साढे २७ हजार नाघ्यो
मकवानपुर । बागमती प्रदेशमा डेंगु संक्रमितको संख्या साढे २७ हजार नाघेको छ । प्रदेशमा गत साउनदेखि हालसम्म २७ हजार ५३८ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय बागमती प्रदेशले जनाएको छ ।
डेंगुबाट प्रभाबित बनेको प्रदेशका जिल्लाहरुमध्ये सबैभन्दा धेरै काठमाडौं रहेका छन् भन् भने सबैभन्दा थोरै रसुवा रहेका छन् । काठमाडौंमा ११ हजार ४६७ जना डेंगु संक्रमितका बिरामी फेला पदार्त रसुवामा भने ७ जनामात्रै डेंगु संक्रमणका बिरामी फेला परेका छन् ।
यसैगरी, ललितपुरमा ८ हजार १५, मकवानपुरमा ३ हजार ३८२, भक्तपुरमा २ हजार १०८, चितवनमा १ हजार १६९, धादिङमा ६३८, काभ्रेमा २१५, नुवाकोटमा १३१, सिन्धुलीमा ११३, रामेछापमा १२५, सिन्धुपाल्चोकमा ९९ र दोलखामा ६९ जनालाई डेंगु संक्रमण पुष्टि भएको जनाइएको छ ।
यस्तै, प्रदेशमा हालसम्म डेंगु संक्रमणका कारण मृत्यु हुनेको संख्या २१ जना पुगेका छन् । जसमा काठमाडौंका ७ जना, सिन्धुली र रामेछापका ३/३ जना, ललितपुर, मकवानपुर र चितवनका २÷२ जना, भक्तपुर र धादिङका १/१ जना रहेका छन् ।
