पहिरोका कारण अवरुद्ध सिस्नेरी सडकखण्डमा यातायात संचालन
मकवानपुर । पहिरोका कारण अवरुद्ध मकवानपुरको सिस्नेरी–दक्षिणकालिका सडकखण्डमा आज बिहानैदखि यातायात संचालनमा आएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर ३ सिस्नेरीमा आएको पहिरोका कारण गत आइतबारदेखि अवरुद्ध बनेको उक्त सडकखण्डमा यातायात संचालनमा आएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।
पहिरो खसेका कारण यातायात संचालनमा ल्याउन समय लागेको इलाका प्रहरी कार्यालय भीमफेदीको प्रहरी निरीक्षक प्रतिमा कार्कीले जानकारी दिइन् । ठूलो पहिरोका कारण हेटौंडा–भीमफेदी हुँदै काठमाडौं जाने छोटो दुरीको मार्ग भएर संचालन हुने साना सवारीसाधन बैकल्पिक सडक प्रयोग गरेर संचालन भइरहेको थियो ।
हाल जिल्लाको त्रिभुवन राजपथ, पूर्वपश्चिम राजमार्ग, कान्तिलोकपथलगायत सबै स्थानबाट सावरीसाधन संचालन भइरहेको छ ।
