मकवानपुरमा एकैदिन २२२ जना डेंगु संक्रमित थपिए

तु खबर संवाददाता
२०७९ आश्विन २५, मंगलवार १७:५५
file-photo

मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा २२२ जनामा डेंगु संक्रमितका बिरामी फेला परेका छन् । पुष्टि हुनेहरुमा सबैभन्दा धेरै हेटौंडा उपनगरपालिकाका रहेका छन् । त्यहाँ २०२ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

यसैगरी, थाहा नगरपालिकाका ८ जना, मकवानपुरगढी गाउँपालिका र अन्य जिल्लाका एक÷एक जनालाई डेंगु संक्रमण पुष्टि भएको हो । यससँगै जिल्लामा डेंगु संक्रमितको कुल संख्या ३ हजार ६०४ जना पुगेको छ । जसमध्ये २ हजार २१ जना पुरुष र १ हजार ५८३ जना महिला रहेका छन् ।

जिल्लामा उक्त संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिकाका रहेका छन् ।