डेंगु संक्रमणका कारण ४४ जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ आश्विन २४, सोमबार १७:२६
file-photo

काठमाडौं । देशभर डेंगु संक्रमणका कारण ४४ जनाको मृत्यु भएको छ । संक्रमणका कारण गत साउनयता ४४ जनाकाृ मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत साउनदेखि सुरु भएको डेंगु रोगको प्रकोप सातै प्रदेशका ७६ जिल्लामा फैलिसकेको छ । मन्त्रालयका अनुसार, हालसम्म ३३ हजार ९७५ जना डेंगु संक्रमणका बिरामी फेला परेका छन् ।

मन्त्रालयले सबैलाई आवश्यक सावधानी अपनाउन आग्रहसमेत गरेको छ ।