हेटौंडाका दुई युवक पक्राउ

तु खबर संवाददाता
२०७९ आश्विन २४, सोमबार १५:१५
सांकेतिक तस्बिर

मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ रातोमाटेबाट लागूऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ ।
पक्राउृ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ बस्ने ३२ वर्षीय बुद्ध गोङबा र २६ वर्षीय इन्द्रबहादुर अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले आइतबार लागूऔषध २८ बोतल ओनिरेक्ससहित पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको ना २६ प ५८४३ नम्वरको मोटरसाइकलको ट्यांकी भित्र लुकाइछिपाई ल्याएको उक्त परिमाणको लागूऔषध बरामद भएपछि निजहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाइएको छ ।