मुगुमा पहिरोमा परेर ५ जनाको मृत्यु
मुगु । मुगुको छाँयानाथ रारा नगरपालिका–११ मा पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको छ । नगरपालिकाको सालिम भन्ने ठाउँमा मानबहादुर कुमाइको घर पुरिँदा ११ जना बेपत्ता भएका हुन् ।
उद्दारका लागि घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ । उक्त घटनाको विस्तृत विवरण प्राप्त भैसकेको छैन ।
