जुम्लामा पहिरोमा परी ७ जनाको मृत्यु
काठमाडौँ । अविरल वर्षाका कारण जुम्लामा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार कनकासुन्दरी गाउँपालिका–५ बारकोटेबाडामा स्थानीय गणेश शाहीको घर पहिरोले पुरिँदा ७ जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार मृत्यु हुनेमा घरमुली ५५ वर्षीय गणेश शाही, उनका छोरा २२ बर्षका रमेश शाही, रमेशकी पत्नी २२ बर्षकी पानसरा शाही, रमेशका ८ बर्षका छोरा अनमल शाही, छोरी मिलन शाही, छिमेकी सुरेन्द्र हमाल र २५ वर्षकी विद्या शाही रहेका छन् ।
घटनामा स्थानीय सरस्वती हमाल र रामबहादुर हमाल घाइते भएका छन् । सरस्वतीको अवस्था गम्भीर छ ।
