भिरबाट लडेर मकवानपुरका राईको मृत्यु

तु खबर संवाददाता
२०७९ आश्विन २२, शनिबार १०:३८
सांकेतिक तस्वीर

मकवानपुर । मकवानपुरमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नम्वर ६ घर भई हाल मनहरी–९ ससु्राली बस्नै आएका ४० वर्षीय मनोज राई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

राईको ससुराली घरबाट मापसे गरी आफुखसी निस्की हिडेका र अबेरसम्म नफर्किएपछी आफन्तले खोजतलास गर्ने क्रममा आज बिहान साढे ८ बजे ससुराली घरदेखी अन्दाजी २ किमि दक्षिण धुरु भिरबाट लडी मृत्यु भएको अवस्थामा फेला परेको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

उनका अनसार, हाल घटनास्थलमा प्रहरी चौकी कान्द्राङ मकवानपरको टोली रहेको र मुचुल्काको लागि ईलाका प्रहरी कार्यालय मनहरीको प्रहरी निरीक्षकको कमाण्डमा टोली खटी जाँदै गरेको छ । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको छ ।