पहिरोका कारण त्रिभुवन राजपथको सडकखण्ड अवरुद्ध

तु खबर संवाददाता
२०७९ आश्विन २२, शनिबार १०:१६

मकवानपुर । त्रिभुवन राजपथको बाह्र घुम्तीमा केहीबेर अघि सुख्खा पहिरो जाँदा सडकखण्डमा यातायात अवरुद्ध बनेको छ । उक्त सडकखण्ड अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर २ बाह्रघुम्तीमा माथिबाट सुख्खा पहिरो खस्दा यातायात अवरुद्ध बनेको प्रहरी चौकी भैसेले जनाएको छ ।

पहिरोका कारण हेटौंडाबाट पालुङ हुँदै काठमाडौंतर्फ जाने र काठमाडौंबाट हेटौंडा आउने दुबै तर्फको यातायात पुर्ण रुपमा अबरुद्ध बनेको छ । उक्त राजपथको बाह्र घुम्ती भैसेबाट करिब १२ किलोमिटर उत्तरतर्फ रहेको राजपथ पर्दछ । केही घण्टाभित्रै सुख्खा पहिरो हटाएर दुबैतर्फको यातायात संचालन गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।