मकवानपुरको भीमफेदीमा एक जनाको शव फेला
मकवानपुर । मकवानपुरको भीमफेदीमा आज बिहान एक जनाको शव फेला परेको छ । जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्वर ६ माण्डुमा स्थानीय २६ वर्षीय सुबोद्ध वाईवाको शव झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।
प्रहरीका अनुसार, उनको शव आफ्नै घरको दलिनमा आज बिहान झुण्डिएको अवस्थामा फेला परेको हो । मृतक वाईबाको मानसिक अवस्था सन्तुलन नभएको स्थानीय बताएको छ । हाल घटनास्थलमा भीमफेदी प्रहरी टोली रहेको र शव पोष्टमार्टमको लागि मुलुल्का उठाई हेटौंडातर्फ ल्याउने तयारी भइरहेको जनाइएको छ ।
