लेक लागेर एक जनाको मृत्यु, एक बेपत्ता

तु खबर संवाददाता
२०७९ आश्विन २२, शनिबार ०९:०६

लमजुङ । दसैंको समयमा लमजुङको ऐतिहासिक पर्यटकीय मेमेपोखरी घुम्न गएका एक जनाको मृत्यु भएको छ । लमजुङको बेंसीशहर नगरपालिका १०, साँधुका २६ वर्षीय दयासागर योन्जनको मृत्यु भएको हो ।

यस्तै, उनीसँगै यात्रा गरिरहेकी श्रीमती २४ वर्षीया शर्मिला तामाङ भने बेपत्ता भएका छन् । सँगै गएका ५ जनामध्ये ३ जना भेडी गोठमा बसिरहेका छन् । मौसम खराबीका कारण उनीहरूको उद्धार हुन सकेको छैन ।

उनीहरूको खोजी कार्यमा जुटेका जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । प्रहरीका अनुसार, शर्मिलाका बुबा, आफ्नै भाइ र काकाको भाइ करिब ४ हजार मिटर उचाइको च्यार्बो भन्ने ठाउँको भेडीगोठमा आएर बसेका छन् ।