डेंगु संक्रमणका कारण ४२ जनाको मृत्यु
काठमाडौं । नेपालमा डेंगु सङ्क्रमणका कारण हालसम्म ४२ जनाको मृत्यु भएको छ । गत साउन महिनादेखि सुरु भएको डेंगु संक्रमणका कारण हालसमम ४२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, रोगको प्रकोप सातै प्रदेश अन्तरगतका ७६ जिल्लामा फैलिसकेको छ । हालसम्म ३२ हजार १२१ जनामा डेंगु संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले आवश्यक सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ ।
