बुहारीको कुटपिटबाट वृद्धको मृत्यु

तु खबर संवाददाता
२०७९ आश्विन १५, शनिबार १६:२७
सांकेतिक तस्वीर

सुनसरी । सुनसरीको भोक्राहानरसिंह गाउँपालिका–६ पिपलचोक बस्ने ७० वर्षीय खटर मण्डलको कुटपिटबाट मृत्यु भएको छ । उनको आफ्नै बुहारी ३५ वर्षीया गुड्डी मण्डलको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, गुघटनाको खबर पाउनासाथ प्रहरी चौकी चिरौलीचोक र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।