हेटौंडामा निःशुुल्क स्वास्थ्य परीक्षण
मकवानपुर । नेपाल हृदय रोग निवारण प्रतिष्ठान मकवानपुरले बिहीबार हेटौंडामा निःशुल्क स्वास्थ्य परीक्षणको आयोजना गरेको छ । प्रतिष्ठानले विश्व मुटुु दिवसको अवसरमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान बागमती प्रदेशसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य परीक्षणको आयोजना गरेको हो ।
हेटौंडाको भुटानदेवी मन्दिर परिसरमा भएको शिविरमा ११० जनाले सेवा लिएको प्रतिष्ठान मकवानपुरका कोषाध्यक्ष तथा कार्यक्रम संयोजक अनिता न्यौपानेले जानकारी दिइन् ।
शिविरमा ब्लड प्रेसर, सुुगरको निःशुल्क परीक्षण गरिएको थियो । शिविरमा मुटुु रोगबाट बच्ने तथा उपचारका बारेमा हेटौंडा अस्पतालका चिकित्सकहरुले जानकारी दिएका थिए ।
यस्तै, प्रतिष्ठानले शिविर संचालन अघि मकवानपुर उद्योग वाणिज्य संघ हेटौंडा नगरको विभिन्न क्षेत्रको परिक्रमा गर्दै भुटनदेवी मन्दिरसम्ममा जनचेतनामूलक र्याली निकालिएको थियो ।
नेपाल हृदय रोग निवारण प्रतिष्ठान मकवानपुरका अध्यक्ष हरिवंश भेटवालको सभाध्यक्ष एवम् हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिना लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय सदस्य भगिरथ शर्मा, क्यान्सर सोसाईटीका माधव अधिकारी, विश्व हिन्दुु महासंघका प्रल्हाद घिमिरेलगायतको सहभागिता रहेको थियो ।
