करेन्ट लागेर एक महिलाको मृत्यु

तु खबर संवाददाता
२०७९ आश्विन १३, बिहीबार ०९:५९
file-photo

रौतहट । रौतहटमा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ । करेन्ट लागेर जिल्लाको पश्चिम भेगको फतुवा विजयपुर नगरपालिका ५ डुमरियाकी ५० वर्षीया जसोधियादेवी महतोको मृत्यु भएको हो ।

महतोको बुधबार साँझ आफ्नै खेतमा लगाइएको बालीलाई जंगली जनावरबाट बचाउन लगाएको विद्युतको तारबाट करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो । मृतक महिलाको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ केन्द्र चन्द्रनिगाहपुर पठाइएको छ । हाल घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय विजयपुरले जनाएको छ ।