सानसुई जापनिज ल्याङ्ग्वेज इन्स्टिच्यूूट हेटौंडाद्वारा जर्सी सहयोग
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ स्थित नमोबुद्ध क्लबलाई फुटबल जर्सी सहयोग गरिएको छ । उक्त टिमलाई सानसुई जापनिज ल्याङ्ग्वेज इन्स्टिच्यूूट हेटौंडाले १६ सेट फुटबल जर्सीको सेट सहयोग गरेको हो ।
क्लबलाई इन्स्टिच्यूूटका संचालक सुमि लामा गोङ्बाले आइतबार एक कार्यक्रमबीच २१ हजार रुपैयाँ बराबरको १६ सेट फुटबल जर्सी सहयोग गरेको जानकारी दिइन् ।
युवाहरूको स्वास्थ्य र स्थानीय खेलकुद क्षेत्रको विकास होस् भन्ने उद्देश्यले जर्सी सहयोग गरिएको उनले बताइन् । उनले स्थानीय खेलकुदको विकासको लागि आगामी दिनमा पनि यस किसिमको सहयोगमा निरन्तरता दिइने प्रतिबद्धता जनाइन् ।

