राष्ट्रपतिद्वारा चुनावमा सेना परिचालन गर्न स्वीकृति प्रदान
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मंस्रि ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको चुनामा नेपाली सेनालाई परिचालन गर्न स्वीकृति प्रदान गरेकी छन् ।
राष्ट्रपति भण्डारीले ‘एकीकृत सुरक्षा कार्य योजना २०७९’ मा भएको व्यवस्था अनुसार, सुरक्षा निकायहरुबीच एकीकृत तथा समन्वयात्मक रुपमा सुरक्षा प्रदान गर्न सेना परिचालन गर्न स्वीकृती प्रदान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार, सुरक्षा निकायहरुबीच एकीकृत तथा समन्वयात्मक रुपमा सुरक्षा प्रदान गर्ने कामका लागि राष्ट्रिय सुरक्षा परिषदको भदौ १७ गतेको सिफारिस अनुसार राष्ट्रपतिले नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालन गर्न स्वीकृति प्रदान गरिएको हो ।
