कलाकार राजु महोत्रा मृत अवस्थामा फेला

तु खबर संवाददाता
२०७९ आश्विन ७, शुक्रबार १०:३१
file photo

बुटवल । बुटवलका कलाकार राजु महोत्रा मृत अवस्थामा फेला परेका छन् । दर्जनौं म्युजिक भिडियो निर्माण र अभिनय गरेका महोत्राले बुटवल देवीनगरस्थित आफ्नै निवासमा राति २ बजेतिर झुण्डिएको अवस्थामा मृत फेला परेको बुटवल प्रहरीले जनाएको छ ।

अन्दाजी ३५ वर्षीय महोत्रा बिहीबार साँझ गायक नन्दु परियार लगायतसँग आफ्नै घरमा खाना खाएर सुतेका थिए । महोत्राको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रदेशिक अस्पताल पुर्‍याइएको र उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।