गायक दीपक बज्राचार्य असोज ११ गते हेटौंडा आउने

तु खबर संवाददाता
२०७९ आश्विन ६, बिहीबार १०:२६

मकवानपुर । गायक दीपक बज्राचार्य असोज ११ गते हेटौंडा आउने भएका छन् । होटल एसोसिएसन मकवानपुरले बडा दसैंको अवसरमा आयोजना गर्न लागिएको दसै विशेष कार्यक्रममा सहभागी हुन उनी हेटौंडा आउन लागेका हुन् ।

हेटौंडा–५ स्थित रिगल हेटौंडा रिसोर्टमा हुने टुबोर्ग प्रिमियम नाईटमा बज्राचार्यले आफ्नो टिम रिदम व्याण्डको प्रस्तुती दिने कार्यक्रम रहेको एसोसिएसन मकवानपुरका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक विष्णु गोपाल महर्जनले जानकारी दिए ।

उनका अनुसार, कार्यक्रममा स्थानीय कलाकारको पनि प्रस्तुती रहनेछ । कार्यक्रममा ४०० जना सहभागी हुने आयोजकले जनाएको छ ।