कपन आगलागीमा परेर तीन जनाको मृत्यु
काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१० स्थित कपनमा गएराति आगलागीमा परेर तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा संखुवासभा घर भएर सुकेधारा बस्ने अशोक राई, ताप्जेलुङ घर भएका कर्साङ तेन्जी शेर्पा र काठमाडौं–२५ बस्दै आएका छेवाङ शेर्पा रहेका छन् ।
कपन गुम्बा नजिकै रहेको इलाइट हिमालयन एडभेन्चर प्रालिमा आगलागी हुँदा २८ वर्षीय कुशल बुढाथोकी घाइते भएका छन् । उनको चुनिखेलस्थित करुणा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
