कैलालीमा एक युवक मृत फेला
धनगढी । कैलालीमा एक युवक मृत अवस्थामा फेला परेका छन् । जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर १२ को शान्तिनगरमा २५ वर्षीय मदन बडेला मृत फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, बडेला आफ्नै घरको आँगनमा मंगलबार मृत अवस्थामा फेला परेको हो । मृत अवस्थामा फेला परेका युवकको टाउको र खुट्टामा चोट छ। घटना शंकास्पद रहेकाले सोही अनुसार अनुसन्धान गरिरहेको जनाइएको छ ।
