ग्रामीण महिला सेवा केन्द्रको अध्यक्षमा स्याङ्तान
मकवानपुर । ग्रामीण महिला सेवा केन्द्र मकवानपुरको अध्यक्षमा सुलोचना स्याङ्तान निर्विरोध चयन भएका छन् । केन्द्रको हेटौंडामा भएको २१ औं साधारणसभा र ९ औं अधिवेशनबाट स्याङ्तानको नेतृत्वमा ९ सदस्यीय कार्य समिति चयन गरिएको हो ।
यस्तै, केन्द्रको उपाध्यक्षमा लक्ष्मी मोक्तान चयन भएका छन् । उनी संस्थाकी पूर्वअध्यक्ष समेत हुन् । संस्थाको सचिवमा अचला शर्मा र कोषाध्यक्षमा देवकी चौलागाई चयन भएकी छन् ।
यसैगरी, सदस्यहरुमा सिता घलान, लक्ष्मी माया थिङ, सरिता सापकोटा, पञ्चमाया स्याङ्तान र एलिजा पुडासैनी चयन भएको संस्थाका कार्यक्रम संयोजक दिपक न्यौपानेले जानकारी दिए । लेखा समिति संयोजकमा मेनुकाकुमारी न्यौपाने चयन भएकी छन् ।
कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलानको प्रमुख आतिथ्यता तथा संस्थाकी अध्यक्ष उर्मिला कार्कीको सभाध्यक्षतामा भएको थियो ।
