प्राकृतिक जलाशय मत्य प्रर्बद्धन एवम् संरक्षण केन्द्रको आयोजनामा वृक्षारोपण
मकवानपुर । प्राकृतिक जलाशय मत्य प्रर्बद्धन एवम् संरक्षण केन्द्रले मंगलबार हेटौंडामा वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ । संविधान दिवस २०७९ को अवसरमा केन्द्रले वन तथा वातावरण मन्त्रालय बागमती प्रदेशको समन्वयमा उक्त कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा निम, कपुर, बिजयसाल, सतिसाल, छत्तिवन बिरेन्द्रफुल, गोलमोहोर लगायतका विभिन्न नामका विरुवाहरु रोपिएको डिभिजन वन कार्यालय हेटौंडाका सहायक वन अधिकृत बसन्तराज गौतमले जानकारी दिए ।
कार्यक्रम वन तथा वातावरण मन्त्रालय बागमती प्रदेशका सचिव यज्ञनाथ दाहालको प्रमुख आतिथ्यता एवम् सामाजिक विकास मन्त्रालयका सचिव रामशरण सापकोटाको विशेष आतिथ्यतामा भएको हो ।
कार्यक्रममा मुख्यमन्त्री कार्यलयका उपसचिव बद्री पाठक, डिभिजन वन कार्यालय हेटौंडाका सहायक वन अधिकृत बसन्तराज गौतम, डिभिजन वन कार्यालय हेटौंडाका डिभिजनल वन अधिकृत शिव सापकोटा, प्राकृतिक जलासय मत्य प्रर्बद्धन एवम् संरक्षण केन्द्र हेटौंडाका प्रमुख सुरेश यादवलगायत विभिन्न कार्यलयका प्रमुखुहरु र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
