ग्यास लिक भई आगलागी हुँदा एक जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ आश्विन ३, सोमबार १८:०२

काभ्रे । काभ्रेमा सोमबार बिहान ग्यास लिक भई आगलागी हुँदा एक जना भारतीय नागरिकको मृत्यु भएको छ । जिल्लाको पाँचखाल नगरपालिका–४ पुरानो बजार डेरा गरी बस्ने भारत सिलामडी बखडी घर भएका ४२ वर्षीय शंकर साहको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, आफ्नै डेरामा खाना पकाउने क्रममा अचानक ग्यास लिक भई आगलागी हुँदा जलेर उनको घटनास्थलमै मृत्यु भएको हो । प्रहरी चौकी पाँचखालबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।