करेन्ट लागेर दुई जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ आश्विन ३, सोमबार १५:५३
file-photo

दाङ । बर्दियामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । मृ्त्यु हुनेहरुमा जिल्लाको गुलरिया नगरपालिका वडा नं. ९ की ९ वर्षीया खुस्बु धोवी र बारबर्दिया नगरपालिका वडा नं. ८ दूधाका ३३ वर्षीय शनिराम थारु रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, धोवीलाई घरमै करेन्ट लागेको थियो । उनलाई फलामको ढोकाबाट करेन्ट प्रवाह भई करेन्ट लागेको थियो ।

त्यस्तै, थारुलाई मन्दिर निर्माण गर्ने क्रममा करेन्ट लागेको थियो । उनीहरू दुबै जनाको जिल्ला अस्पतालमा उपचारका क्रममा आइतबार बेलुकी मृत्यु भएको जनाइएको छ ।

बर्दियामै करेन्ट लागेर एक जना बालिका पनि घाइते भएका छन् । ती बालिकाको उपचारपछि घर फर्किसकेकी छन् ।